महानिरीक्षक कार्कीले बोलाए पिसीसी बैठक

म

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालय काठमाडौंमा बोलाएको विषय चासोका साथ हेरिएको छ । 

प्रधानमन्त्री बालेन शाहको सचिवालयबाट राजीनामा दिन दबाब दिइएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला महानिरीक्षक कार्कीले प्रहरी समन्वय समिति (पीसीसी) को बैठक बोलाएपछि चासो बढेको हो ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी रहेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा दिउँसो २ बजे पीसीसी बैठक बस्ने बताइएको छ । प्रहरी संगठनको महत्वपूर्ण निर्णय प्रक्रियामा भूमिका खेल्ने पिसीसी बैठकले देशभरको शान्ति सुरक्षाको अवस्था, संगठनको आन्तरिक व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने गर्दछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।