काठमाडौँ । एलपिजी ग्यास उद्योग सङ्घ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अस्थायी भएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संकलन नगर्न आग्रह गरेको छ । सङ्घले पछिल्लो समय ग्यासका लागि विभिन्न स्थानमा लामो लाइन लाग्ने र लाइनमा बसेर पनि ग्यास नपाउने अवस्था देखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अनुसार विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास...










