कप्तानगञ्ज घटनाका घाइते अर्का एकको पनि निधन, हिंसामा मर्नेको संख्या पुग्यो चार

सुनसरी, १९ साउन । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागे पछि उपचाररत अर्का एक घाइतेको पनि निधन भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको आज निधन भएको हो। 

अघिल्लो आइतवार सुनसरीको देवानगञ्ज– ३ कप्तानगञ्जमा भएको दोहोरो झडपमा उनी गम्भिर घाइते भए पछि लगत्तै उपचारका लागि काठमाडौं ल्याएउनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार मंगलबार बिहान १०ः३० बजे चिकित्सकले महतोलाई मृत घोषणा गरेका थिए । उनको शरीरमा गोली लागेको थियो ।


योसँगै  कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने सिरहामा थप गरी तराइ मधेसमा फैलिएको हिंसामा परी ४ जनाले ज्यान गुमाएका छन भने दर्जनौं घाइते भएका छन । केही घाइते काठमाडौं, बिराटनगर र धरानमा अझै पनि उपचाररत छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।