Author

Jayanti Shiwakoti

J

मन्त्रालयगत छलफलमा मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्रीहरुको उपस्थित नभएको भन्दै छलफलमा भाग लिन अस्वीकार गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज  प्रतिनिधि सभामा ७ मन्त्रालयको छलफल जारी रहेकोमा दुई मन्त्री मात्र उपस्थित भएपछि सांसद राईले मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै बोल्न अस्वीकार गरेका थिए । मन्त्रालयगत छलफलमा मन्त्रीको...

विचारमा नभएर प्रविधिको जगमा उदाएको वैकल्पिक राजनीति धेरै टिक्दैन- महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रविधिको जगमा उदाएको वैकल्पिक राजनीति धेरै नटिक्ने दाबि गरेका छन् । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वैकल्पिक राजनीति प्रविधिको जगमा मात्र टिक्न नसक्ने र विचारधारात्मक आधार आवश्यक रहेको बताएका हुन् । उनले भने- ‘वैकल्पिक राजनीति प्रविधिको जगमा निर्माण भयो। तर यो...

बङ्गलादेशी प्रधानमन्त्रीका सल्लाहकारलाई भारतको दिल्ली विमानस्थलमा रोकियो

काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्रीका सल्लाहकार डा. जाहेद उर रहमानलाई भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको घटना सार्वजनिक भएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई अध्यागमन अधिकारीहरूले करिब दुई घण्टा प्रतीक्षालयमा राखेर विभिन्न विषयमा सोधपुछ गरेका थिए । त्यसपछि उनले आफ्नो राहदानी फिर्ता माग्दै भारत प्रवेश नगर्ने निर्णय गरेका थिए । पछि उनी कोलम्बो हुँदै सोमबार बिहान...

तमिलनाडुका मुख्यमन्त्री विजय र पत्नी सङ्गीताको सम्बन्धविच्छेदको मुद्दा फेरी स्थगित

काठमाडौँ । भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री विजयकी श्रीमती सङ्गीताले सम्बन्धविच्छेदका लागि दायर गरेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । अदालतले अब अर्को सुनुवाइ अगस्ट ७ का लागि तय गरेको छ । सङ्गीताले २०२६ फेब्रुअरी २७ मा चेङ्गलपट्टु पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरेकी थिइन् । हाल उक्त मुद्दाको सुनुवाइ महिला अदालतमा भएको हो । यो मुद्दा सङ्गीताले फेब्रुअरीमा दायर गरेको...

जबरजस्ती करणी गरेको अभियोगमा धादिङवाट पक्राउ

धादिङ ।  २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका-२ वंशगाउँ बस्ने ४३ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

Post Views: 100 14

नेप्से १२ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १२.७६ अंकले घटेर २७११.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ मा कारोबार भएको थियो ।  आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्रीन विकास बैंकको...

मधेश प्रदेशको बजेट ४१ अर्ब ‍‍१३ करोड

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।  सोमबार मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका हुन् ।  यो बजेट गत वर्ष भन्दा १३ प्रतिशत कम हो । जसमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात ३५.६४ प्रतिशत बजेट विनियोजन गरिएको छ भने...

झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले विभिन्न राजनीतिक आन्दोलनमा सहभागी युवाहरूमाथि लगाइएका झुट्टा मुद्दाहरू तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।  सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले सरकारले आफ्नै प्रतिवद्धता विपरीत निर्दोष युवाहरूलाई कानूनी सास्ती दिइरहेको आरोप लगाउनुभएको हो । सांसद खतिवडाले जनआन्दोलनका शहीद र घाइतेहरूको त्यागकै जगमा वर्तमान...

सरकारलाई विज्ञहरुको सुझावः डिएनए परीक्षण सम्बन्धि तत्काल कानूनी व्यवस्था गरियोस्

विज्ञहरूले डीएनए परीक्षणका लागि आवश्यक कानूनी व्यवस्था तत्काल गर्न सरकारलाई सुझाव दिएका छन्। विज्ञहरु ओमप्रकाश शर्मा, गोपाल चौधरी र निराजन थापाले नेपालमा डिएनए परीक्षणका लागि कानूनी व्यवस्था नभएकाले तत्काल बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र...

यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र संकटमा छः सासद बुढा

नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले यार्सागुम्बाको उत्पादनमा आएको तिब्र गिरावटले हिमाली क्षेत्रको अर्थतन्त्र गम्भीर संकटमा परेको बताउनुभएको छ ।  सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यार्सागुम्वा उत्पादनमा ६० प्रतिशत गिरावट आएको बताउनुभएको हो । उहाँले सरकारले तत्काल संरक्षण, राहत र दीर्घकालीन व्यवस्थापन ध्यान दिन माग गर्नुभयो । डोल्पासहित १२ हिमाली जिल्लाका हजारौं परिवारको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।