मन्त्रालयगत छलफलमा मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्रीहरुको उपस्थित नभएको भन्दै छलफलमा भाग लिन अस्वीकार गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज  प्रतिनिधि सभामा ७ मन्त्रालयको छलफल जारी रहेकोमा दुई मन्त्री मात्र उपस्थित भएपछि सांसद राईले मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै बोल्न अस्वीकार गरेका थिए । मन्त्रालयगत छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य रहेकोले राईले अडान नछोडेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।