काठमाडौँ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सिन्धु जल सन्धि स्थगित रहेको विषयलाई लिएर भारतलाई युद्धको चेतावनी दिएका छन् । पाकिस्तानी टेलिभिजन एआरवाई न्युजसँगको कुराकानीमा उनले पाकिस्तानको जल सुरक्षामा खतरा उत्पन्न भएको महसुस भए भारतविरुद्ध युद्ध सुरु गर्न सकिने बताएका हुन् । उनले भारतले पाकिस्तानको हिस्सामा पर्ने पानीको बहावमा हस्तक्षेप गरिरहेको र त्यसलाई रणनीतिक हतियारका रूपमा प्रयोग...










