Author

Jayanti Shiwakoti

J

स्रोत नखुलेको नगदसहित काठमाडौँको धुम्बाराहीबाट पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ सहित काठमाडौं तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...

फिल्म धुरन्धरबाट रणवीर सिंहले कमाए ३२५ करोड !

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहले एकै फिल्म परियोजनाबाट करिब ३२५ करोड भारतीय रुपैयाँ आम्दानी गर्दै भारतीय चलचित्र उद्योगमा नयाँ कीर्तिमान बनाएको दाबी गरिएको छ । मिडिया रिपोर्टका अनुसार अभिनेता सिंहले फिल्म ‘धुरन्धर’ बाट ३२५ करोड कमाएका हुन् । दुई भागमा प्रदर्शन गरिएको यो फिल्मले विश्वभर उत्कृष्ट व्यापार गरेको थियो । दुवै भागले मिलेर विश्वव्यापी रूपमा करिब ३ हजार २०० करोड भारु कमाएको बताइएको...

रास्वपा महाधिवेशन: अझै शुरु हुन सकेन बन्दसत्र

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिन आज हुने भनिएको बन्दसत्र अझै शुरु हुन सकेको छैन । महामन्त्री कविन्द्र बुर्लाकोटीले प्राविधिक पक्ष मिलाउन समय लागेकाले बन्दसत्र शुरु हुन ढिला भएको जानकारी दिएका छन् । यसअघि आज बन्दसत्र साढे ८ बजेदेखि शुरु गर्ने कार्यतालिका सार्बजनिक गरिएको थियो । बन्द सत्र समयमा शुरु हुन नसक्नुको प्रमुख कारण प्रतिनिधि...

एनआरएनए नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती रहेको निष्कर्ष

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एनआरएन नागरिकता प्राप्त भए पनि आवश्यक कानुनी, प्रशासनिक र संवैधानिक सुधार नहुँदा यसको पूर्ण कार्यान्वयन हुन नसकेको निष्कर्ष निकालेको छ । ‘नागरिकताको निरन्तरता र एनआरएन नागरिकताको वर्तमान अवस्था’ विषयक वेबिनारमा सहभागीहरूले बैंकिङ, मालपोत, राष्ट्रिय परिचयपत्र, लगानी, उत्तराधिकार र अध्यागमनलगायतका अधिकार व्यवहारिक रूपमा प्रयोग गर्न अझै कठिनाइ रहेको...

विश्वकपमा आजराति अर्जेन्टिना र अस्ट्रिया भिड्दै, गोल गरे मेसीले नयाँ किर्तिमान बनाउने

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समुह जे को खेलमा आज राति अर्जेन्टिना र अस्ट्रिया आमने सामने हुने भएका छन् । अमेरिकाको डल्लास स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि शुरु हुदैछ । यस खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले यस खेलमा ऐतिहासिक कीर्तिमान बनाउन सक्ने भएका छन्। अल्जेरियाविरुद्ध ३-० को जितमा ह्याट्रिक गर्दै करिअरको ६१औं ह्याट्रिक पूरा गरेका मेस्सी (क्लबका लागि...

नेपाल ग्रे लिष्टमा कायमै, एफएटीएफले दियो ६ सुझाव

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपालको ग्रे लिष्टको अनुगमन जारी राखेको जनाउदै विभिन्न ६ सुझाव दिएको छ । एफएटीएफको पछिल्लो बैठकले नेपालसहितका २२ देशलाई तत्काल समयसीमा नपरेका क्षेत्राधिकारहरूलाई स्वेच्छिक रूपमा प्रगति प्रतिवेदन पेश गर्ने केही लचकता प्रदान गरेको जनाएको छ ।  साथै फेब्रुअरी २०२६ यताको प्रगति समीक्षा गर्दै एफएटीएफले विभिन्न ६ सुझाव दिएको छ । जसमा १...

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको ८० वर्षको उमेरमा गएराति निधन भएको हो ।  खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद् सदस्य निर्वाचित भएका थिए । खरेल २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुदा शिक्षा राज्यमन्त्री बनेका थिए । स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम...

साताको बक्स अफिस रिपोर्ट: कुन फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असार ७ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार लाली बजार र कुम्भको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ । जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले अहिलेसम्म ९ करोड २८ लाख कमाई गरेको छ । त्यस्तै यस फिल्मले ३ लाख १५ हजार ७२४ टिकट...

जित्नै पर्ने अवस्थामा चेक गणतन्त्र र दक्षिण अफ्रिका आजराती खेल्दै

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण खेलमा आजराती चेक गणतन्त्र र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् । अमेरिकाको एटलान्टा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदैछ । दुवै टोलीका लागि यो खेल अत्यन्तै निर्णायक मानिएको छ, किनभने हारले प्रतियोगिताबाट बाहिरिने जोखिम बढ्नेछ । चेक गणतन्त्रले आफ्नो पहिलो खेलमा दक्षिण कोरियाविरुद्ध लाडिस्लाभ...

फिल्म रोल नं १ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट

काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन् । जस्तै चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा अथवा ३०० रुपैयाँमा टिकट मूल्य रहेका हलमा १५० मा यो सिनेमाको टिकट पाइनेछ । विद्यार्थी र...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।