साताको बक्स अफिस रिपोर्ट: कुन फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असार ७ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार लाली बजार र कुम्भको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।

जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले अहिलेसम्म ९ करोड २८ लाख कमाई गरेको छ । त्यस्तै यस फिल्मले ३ लाख १५ हजार ७२४ टिकट बिक्री गरेको छ ।

त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ५५ लाख ४६ हजार कमाई गरेको छ । यस फिल्मले ५७ हजार १३२  टिकट विक्री गरेको छ । 

त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म कुम्भले ४ लाख २५ हजार कमाएको छ । यस फिल्मले कुल १८१५ टिकट बिक्री गरेको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।