Home

H

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर (दाङ), ५ असारः थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् । नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्नसकेमा मात्रै यो संरक्षण हुनसक्ने थारु अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया थारुको पहिचानसँग जोडिएको छ, यसलाई संरक्षण गर्न नयाँ पुस्ताले चासो...

बालबालिका भन्छनः ‘लागुऔषध र बालविवाह न्यूनीकरण गरिदिनुस्’

टीकापुर (कैलाली), ५ असारः टीकापुरका बालबालिकाले स्थानीय तहका जनप्रतिनिधिसँग लागुऔषध सेवन तथा ओसारपसार र बालविवाह न्यूनीकरणमा प्रभावकारी काम गरिदिन माग गरेका छन् । ‘जनप्रतिनिधिसँग बालबालिका संवाद’ कार्यक्रममा सहभागी बालबालिकाले टीकापुर भारतीय सीमासँग जोडिएको पालिका भएकाले यहाँ लागुऔषधमा बालबालिका फस्दै गएकाले यसमा कडाइ गर्नेगरी काम गरिदिन माग गरेका हुन् । टीकापुर नगरपालिका-८ का बालक पृतमबहादुर...

‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’

जनकपुरधाम, ५ असारः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा उहाँले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री यादवले...

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन, ५ असारः यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जिल्लामा एक लाख गाईभैँसी पालिएका छन् । कतिपय किसानले आफैँले खोरेतविरुद्धको खोप लगाउने गरेका बताउँदै कार्यालयले पालिकामा रहेका पशुसेवा कार्यालयमार्फत पनि खोप...

किसानलाई आधुनिकतासँग जोड्ने अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ), ५ असारः बागलुङको जैमिनी नगरपालिकाले किसानलाई अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । गाउँघरमा हलगोरु पाल्न छोडेपछि खेतबारी बाँझो बन्दै गएपछि खेतीयोग्य जमिनमा उत्पादन गर्न किसानलाई अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । पम्परागत खेतीपाती गर्दै आएका किसानलाई आधुनिकतासँग जोड्ने र उत्पादन बढाउने उद्देश्यले यान्त्रिक हलो उपलब्ध गराएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले...

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

किस्पाङ (नुवाकोट), ५ असारः जिल्लाको किस्पाङ गाउँपालिकामा ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’अन्तर्गत वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयका आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता थियो । ‘सङ्घीयतामा स्थानीय सरकार’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा किस्पाङ...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर, ५ असारः करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक...

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ५ असारः हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । यसैगरी, लुम्बिनी प्रदेशको...

स्थानीय तहमा ‘श्रम सहायता कक्ष’ स्थापना गर्न पैरवी

कञ्चनपुर, ५ असारः अनौपचारिक क्षेत्रका श्रमिकहरूको अधिकार संरक्षण, सामाजिक सुरक्षा तथा श्रमसम्बन्धी सेवामा सहज पहुँच सुनिश्चित गर्न कञ्चनपुरका स्थानीय तहमा श्रम सहायता कक्ष स्थापना गर्नका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको छ । श्रमिकको गुनासो सुनुवाइ, श्रम विवाद समाधान, न्यूनतम ज्यालाको कार्यान्वयन तथा सामाजिक सुरक्षामा पहुँच बढाउनका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको...

सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला

दमौली (तनहुँ), ५ असारः जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीमा आयोजित तालिममा कोही महिला कागज काटिरहेका छन्, कसैले धूप बनाउन आवश्यक सामग्री मिसाइरहेका छन् भने केही महिला अचारको मसला तयार पार्न व्यस्त छन् । घरायसी कामकाजमा मात्रै सीमित देखिने महिला नयाँ सीप सिक्दै उद्यमी बन्ने सपना बनाइरहेका छन् । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।