काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेर दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ३९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ३८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

