तुलसीपुर (दाङ), ५ असारः थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् । नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्नसकेमा मात्रै यो संरक्षण हुनसक्ने थारु अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया थारुको पहिचानसँग जोडिएको छ, यसलाई संरक्षण गर्न नयाँ पुस्ताले चासो...










