Home

H

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी, ५ असारः अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि...

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

त्रिवेणी (नवलपरासी), ५ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रममार्फत नगरभित्रका २३ विद्यालयमा विभिन्न नवप्रवर्तनात्मक तथा उत्पादनमुखी परियोजना...

कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौँ, ५ असार : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आगामी आवका लागि बिहीबार बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी दिनुभएको हो । त्यसैगरी, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने, असोज मसान्तभित्र बक्यौता कर चुक्ता गर्ने करदातालाई...

नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण

राँझा (बाँके), ५ असारः बाँकेको जानकी गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल भवन निर्माण कम्पनीले बिहीबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ । विसं २०७८ माघमा रु ११ करोड ४४ लाखको लागतमा निर्माण कम्पनी हिम सगरमाथा–अनका जेभीले भवन निर्माणको जिम्मा लिएको थियो । भवन निर्माण सम्पन्न भएसँगै आगामी आर्थिक वर्षदेखि अस्पतालबाट स्वास्थ्य सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो । “अस्पताल...

काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन

काभ्रेपलाञ्चोक, ५ असार : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आठ हजार ६० नयाँ नागरिकता जारी गरेको छ । सोही अवधिमा २७ हजारभन्दा बढी जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गरेको जनाइएको छ । कार्यालयद्वारा सार्वजनिक चालु आवको ११ महिनाको कार्यप्रगति विवरण अनुसार हालसम्म २० जनाले आमाको नामबाट नागरिकता लिएका छन् भने नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि...

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी, ५ असारः अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो । “बालविवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको हो”, नगरप्रमुख प्रल्हादकुमार क्षेत्री भन्नुहुन्छ, “अब सुरु हुने नयाँ...

पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

कास्की, ५ असार : देशका छवटा महानगरमध्येमा भौगोलिक रूपमा सबैभन्दा ठूलो पोखरा महानगर पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बिहीबार महानगर प्रमुख धनराज आचार्यले वार्षिक नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । ‘समुन्नत पोखराको आधारः सबल अर्थतन्त्र र पूर्वाधार’को ध्येयका साथ समग्र पोखराको व्यवस्थित विकासका लागि आगामी वर्षको कार्यक्रमले सहयोग...

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

नेपालगन्ज (बाँके), ५ असारः यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा रु २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले...

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली (तनहुँ), ५ असार : परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–१२ ले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ । वडाका ३९ जना किसानलाई प्रतिहल गोरु रु पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको हो । शुक्लागण्डकी नगरपालिकाको कृषि विकास शाखामार्फत सञ्चालित कार्यक्रमअन्तर्गत वडा नं १२ का किसानलाई बिहीबार नगद...

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

काठमाडौँ, ४ असारः पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसहितको टोलीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ । टोलीले आज काठमाडौँको कपन र सुन्दरीजल क्षेत्रमा निर्माणाधीन खानेपानी आपूर्ति संरचनाको अवलोकन गर्दै आयोजनाको प्रगति समीक्षा गरेको थियो । अनुगमन टोलीमा आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।