Home

H

६ अर्ब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनी बाइनान्समा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको आशंका गरिएको छ । बिहीबार सार्वजनिक गरिएको घटनालाई क्रिप्टोकरेन्सी क्षेत्रकै इतिहासमा सबैभन्दा ठूलो साइबर आक्रमण मानिएको छ । बाइनान्सका अनुसार चोरी भएका सम्पत्तिमध्ये करिब आधा रोक्का गर्न सफल भएको छ भने बाँकी रकम अझै आक्रमणकारीको नियन्त्रणमा छ । कम्पनीले...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, ११४ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ११४ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ तथा बागमती, कर्णाली र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।   त्यस्तै देशभर भएका दुर्घटनामा ११४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ ...

सर्वोच्च बारले भन्यो- प्रधानन्यायाधीश र न्यायाधीशको बाहिर आएको विषयको निष्पक्ष छानबिन होस्

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएर आएका पछिल्ला समाचारका विषयमा छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गर्दै न्यायपालिकाको  विषयमा सार्वजनिक भएका विषयले जनविश्वासमै आघात पुगेको  भन्दै सर्वोच्च बारले यसबारेमा सत्यता सार्वजनिक हुनुपर्ने माग गरेका हुन् । ...

दीपकप्रसाद आचार्य निर्देशित चलचित्र ‘चिरञ्जीवी भवः’को स्वराङ्कन सुरु

काठमाडौं । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भएको चलचित्र ‘चिरञ्जीवी भवः’को स्वराङ्कन सुरु भएको छ । बिहीबार अभिनेता हरिवंश आचार्यले आफ्नो भागको संवाद रेकर्ड गराउँदै स्वराङ्कनको सुरुवात गरेका हुन् । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायांकन सम्पन्न भइसकेको छ। निर्देशक आचार्यले चलचित्रको गुणस्तरमा कुनै सम्झौता नगरिएको र छायांकनपछिका...

डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन भइरहेको सरकारको दाबी

काठमाडौं । सरकारले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन भइरहेको दाबी गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत तथा संस्थागत काम अघि बढाइएको जनाउँदै राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी, चिकित्सा शिक्षा आयोग स्थापना, छात्रवृत्ति व्यवस्थापन र देशभर चिकित्सा शिक्षाको पहुँच विस्तारलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको हो । मन्त्रालयले...

ट्रम्पको सहयोगमा बोल्सोनारो अमेरिका पुगेको दाबी

काठमाडौं । ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएका फ्लाभियो बोल्सोनारो पक्राउ पर्ने डरले परिवारसहित अमेरिका पुगेको खुलासा भएको छ । अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगमा उनले ७२ घण्टाभित्र तीन देश पार गर्दै अमेरिका पुग्ने योजना बनाएका थिए । फ्लाभियो पत्नी र दुई छोरीसहित पहिले अर्जेन्टिना पुगेका थिए । त्यसपछि निजी विमानमार्फत इक्वेडर हुँदै...

इलाममा डा. गोविन्द केसीको सत्याग्रह, के के छन् माग ?

काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा. गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार इलाम सदरमुकामस्थित नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गरेका हुन् । डा. केसीले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति तथा निर्णय...

हिमाल आरोहण गर्न १४९३ आरोहीले लिए अनुपति, ३२ करोडभन्दा बढी रोयल्टी संकलन

काठमाडौं । सन् २०२६ को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७६ देशका १४९३ जना आरोहीले अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आरोहण अनुमति लिनेमा ११३७ पुरुष र ३५६ महिला रहेका छन् । आरोहण अनुमतिबापत सरकारले ३२ करोड ३७ लाख ८८ हजार ९९० रुपैयाँ रोयल्टी संकलन गरेको छ । विभागको प्रतिवेदनअनुसार यसबापत २१ लाख २८...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेर दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो  ।  त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ३९३० रुपैयाँ रहेको...

राशिद खान बने टी–२० अन्तर्राष्ट्रिय खेलमा २०० विकेट लिने पहिलो बलर

काठमाडौं । अफगानिस्तानका स्टार स्पिनर राशिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट पूरा गर्ने विश्वकै पहिलो बलर बनेका छन् । बिहीबार जिम्बाब्वेविरुद्धको खेलमा तादिवानाशे मरुमानीलाई आउट गर्दै उनले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । राशिदले टी–२० अन्तर्राष्ट्रियमा २०० विकेट पूरा गर्नुका साथै समग्र टी–२० क्रिकेटमा पनि आफ्नो दबदबा कायम राखेका छन् । उनी यसअघि नै ७०० भन्दा बढी विकेट लिँदै...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।