Home

H

विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब एक करोड भएको भन्दै  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अगाडी बढाउन निर्देशन दिएका छन् । प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महशुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फर्स्यौट...

वीरगञ्जका नगरप्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध नागरिकता सम्बन्धी कागजातमा किर्ते तथा अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार नगरप्रमुख सिंहले गलत विवरण पेस गरी भट्टराई थरकी एक महिलाकी छोरीलाई आफ्नै छोरी रुविना श्रेष्ठ देखाएर जन्मदर्ता तथा नेपाली नागरिकता प्रमाणपत्र दिलाएको भन्ने उजुरीमाथि अनुसन्धान...

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हर्क साम्पाङलाई कारवाही

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही गरिएको छ । केहि दिनअघि मोबाइलले भिडियो खिच्दै बाइक चलाउदा उनी दुर्घटनामा परेका थिए । सो दुर्घटनामा उनलाई सामान्य चोट समेत लागेको थियो । सो भिडियो उनी आफैले सामाजिक सञ्जालमा राखेका थिए । सो घटनापछि ट्राफिक प्रहरीले उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवाना गरेको हो । प्रहरीले भनेको छ- ‘सामाजिक...

पोखराको बसपार्क क्षेत्रका सुकुम्बासी परिवारको व्यवस्थापनका लागि प्राविधिक समिति गठन

पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा रहेका सुकुम्बासी परिवारहरूको व्यवस्थापनका लागि प्राविधिक समिति गठन गरिएको छ । बसपार्क निर्माणको सन्दर्भमा प्रभावित परिवारहरूको बसोबास व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन (खोजी) समितिले सिफारिस गरेका उपयुक्त जग्गामा आवश्यक प्राविधिक अध्ययन तथा प्लट मिलानको कार्य अघि बढाउन समिति गठन गरिएको महानगरपालिकाले जनाएको छ । गठित समितिलाई सिफारिस...

प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह तत्काल संसद आउन नसक्ने बताउनुभएको छ । सोमवार सिंहदरवारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्ष दलहरुले राखेपछि उहाँले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनुभएको हो । सभापति लामिछानेले...

कैलाली र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौँ । कैलाली र धादिङका छुट्टाछुट्टै घटनामा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय प्रदीप चन्दसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीमाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस्तै...

रोल्पामा अटो दुर्घटना हुदा चालकसहित ७ जना घाइते

रोल्पा । रोल्पाको रोल्पा नगरपालिका–६ कोटगाउँस्थित दार्बोट–माडीचौर सडकखण्डमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । दार्बोटबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ५४६४ नम्बरको अटोको ब्रेक फेल भई सडकको बायाँतर्फ रहेको भित्तामा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक ३९ वर्षीय कविराम घर्ती मगर, २८ वर्षीया नानकुमारी विक, १६ वर्षीया बिबिका घर्ती, ५ वर्षीय आशिस घर्ती...

करका दर चुहावट राज्यविरुद्धको अपराध हो, संसदीय छानबिन समिति बनाउनु पर्छ- ज्ञानेन्द्र शाही

काठमाडौँ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बिवाइडी गाडीको भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यो गम्भीर राज्यविरुद्धको अपराध भएको बताउदै आफैले छानबिन गरेर दोषी पत्ता नलाग्ने बताए । उनले संसदीय समिति छानबिन गरेर सत्य तथ्य पत्ता लगाउनुपर्ने भन्दै भन्सारको कर्मचारीलाई करको दर हेरफेरको जानकारी नहुने स्पष्ट गरे ।

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद बैठक अघि बढ्न सक्दैन- पदमा अर्याल

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी छन् ।  प्रतिनिधि सभाको बैठकमा बोल्दै नेतृ अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरेकी हुन्।  उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने माग...

हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य

काठमाडौं । हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ । एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेलको फाइनलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको हो । टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ८० रन बनाए भनेशाहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले एक र सन्दीप...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।