एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पण नेपाली क्रिकेट यहाँसम्म आयो

ए

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षौंको संघर्ष, मेहनत र समर्पणका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा शुभकामना सन्देश दिँदै थापाले खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूले गरेको योगदानको स्मरण गरेका छन् । नेपाली क्रिकेटको वर्तमान अवस्थासम्म आइपुग्न उनीहरूको निरन्तर संघर्ष, मेहनत र समर्पण महत्त्वपूर्ण रहेको थापाको भनाइ छ ।

उनले भनेका छन्- ‘नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ। सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।