Home

H

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामन्य वृद्धि भएको छ । आज बुधबार नेप्से १.४० अंकले बढेर २६६५.५३  विन्दुमा पुगेर रोकिएको छ । आज ३५८ कम्पनिका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ मा कारोबार भएको थियो । आज जीवन बीमा, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी नेपाल रिइन्सुरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन...

आईजीपी हटाइएको विषयमा ज्ञानेन्द्र शाहीले भने- राज्यसत्ताको चरम दुरुपयोग भयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) लाई पदबाट हटाइएको विषयमा आपत्ति जनाएका छन् । उनले आईजीपीले अपराध गरेको भए कानुनअनुसार कारबाही गरेर जेल हाल्नुपर्ने बताएका छन् । शाहीले भनेका छन्-‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो।’ उनले आईजीपीले कुनै गल्ती नगरेको र कानुनविपरीत...

कार्कीलाई कारवाही नगरी जिम्मेवारी मात्र हेरफेर गरिएको हो- प्रवक्ता पोखरेल

काठमाडौ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारवाही नगरी जिम्मेवारी हेरफेर गरिएको बताएको छ । सरकारका प्रवक्ता एवम शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कार्कीलाई कारवाही नगरिएको बताएका हुन् । उनले भने- ‘उहाँलाई कारवाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षा सम्बन्धी सल्लाह दिने हुन्छ ।  सुरक्षा...

रिपब्लिकनको हारपछि मस्कको टिप्पणी- अन्तरिक्षीय लेजर प्रविधिले काम गरेन !

काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक हुन थालेपछि अर्बपति व्यवसायी एलन मस्कले अन्तरिक्षमा तथ्यांक केन्द्र निर्माण गर्ने विषय आकर्षक लाग्न थालेको बताएका छन् । मस्कले सामाजिक सञ्जाल एक्समा दुईवटा टिप्पणी सार्वजनिक गरेका थिए । पहिलो टिप्पणीमा उनले अन्तरिक्षमा डाटा सेन्टर बनाउनु अहिले निकै आकर्षक विकल्प भएको उल्लेख गरेका छन् । दोस्रो टिप्पणीमा उनले यसपटकको निर्वाचनमा हस्तक्षेप गर्न...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा २  जनाको तथा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।   त्यस्तै देशभर भएका दुर्घटनामा १२६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन्...

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

वर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको बताइएको छ ।

Post Views: 100 19

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा भएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल, पटनाबाट प्राप्त गरेको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै बुधबार विशेष अदालत...

बेलायती राजा चार्ल्सद्वारा दास व्यापारको इतिहासप्रति दुःख व्यक्त

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो देशको दास व्यापारको इतिहासप्रति दुःख व्यक्त गरेका छन् । दास व्यापारमा बेलायतको भूमिका इतिहासको लज्जास्पद पक्ष भएको उल्लेख गर्दै उनले त्यसलाई सम्झँदा आफूलाई गहिरो पीडा हुने बताएका छन् । एन्टिगुवा र बारबुडामा राष्ट्रमण्डल सदस्य राष्ट्रका नेताहरूको बैठक उद्घाटन गर्दै उनले दास प्रथाको इतिहासले अहिले पनि क्यारिबियन क्षेत्रका देश तथा राष्ट्रमण्डलका अन्य...

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवन । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी बेपत्ता भएका स्थानीय ४६ वर्षीय भीम महतोको शव चितवन राष्ट्रिय निकुञ्जभित्र फेला परेको हो । गत सोमबार दिउँसो करिब २ बजे निउरो टिप्न गएका चार जनामध्ये महतोलाई बेथरी खोलानजिक बाघले आक्रमण गरी लगेको थियो। उनीसँगै गएका साथीहरूले सोही दिन साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो १ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल गरि आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ ।

Post Views: 100 34

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।