कार्कीलाई कारवाही नगरी जिम्मेवारी मात्र हेरफेर गरिएको हो- प्रवक्ता पोखरेल

क

काठमाडौ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारवाही नगरी जिम्मेवारी हेरफेर गरिएको बताएको छ ।

सरकारका प्रवक्ता एवम शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कार्कीलाई कारवाही नगरिएको बताएका हुन् ।

उनले भने- ‘उहाँलाई कारवाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षा सम्बन्धी सल्लाह दिने हुन्छ ।  सुरक्षा सल्लाहकारका रुपमा उहाँको अहिलेको जिम्मेवारी पनि संवेदनशील हो ।’

आजै बसेको मन्त्रिपरिषदको बैठकले एआइजी डा. मनोज केसीलाई आइजीपी बनाउने निर्णय गरेको छ ।   

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।