Home

H

सुनको मुल्य बढ्यो, चाँदीमा गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सयले बढेर दुई लाख ७५ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजारमा कारोबार भएको थियो  ।  त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला ३६५५ रुपैयाँमा कारोबार भइरहेको...

गगन थापाले ओलीलाई किन भेटे ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा करिब एक घण्टा भेटवार्ता भएपछि राजनीतिकमा अनेक टिका टिप्पणी शुरु भएको छ ।  थापा सभापति बनेपछि ओलीसँग भएको यो पहिलो भेटलाई राजनीतिक वृतमा अनेक किसिमले विश्लेषण गरिएको छ । यसअघि ओलीले पटक पटक भेट गर्न गरेको पहललाई नजरअन्दाज गर्दै आएका थापाले पछिल्लो राजनीतिक...

काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।  परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मिस्रीले बुधबार नै परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । कार्यभोजसहित हुने उक्त वार्तामा नेपाल–भारत सम्बन्धका विविध...

क्रिकेट विश्वकपको भारत–पाकिस्तान खेलको टिकट माग फाइनलभन्दा बढी, ८४ लाख आवेदन

काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल हेर्न दर्शकले देखाएको उत्साह फाइनलको भन्दा पनि बढी देखिएको छ । अर्कोबर्ष अक्टोबर १० मा जोहानेसबर्गमा हुने भारत–पाकिस्तान खेलका लागि ८३ लाख ९७ हजार २९४ वटा टिकट आवेदन परेका छन् । जोहानेसबर्गस्थित उक्त रङ्गशालाको दर्शक क्षमता ३४ हजार मात्र छ । यसअनुसार उपलब्ध सिटभन्दा करिब २४७ गुणा बढी आवेदन परेको छ । नोभेम्बर...

ई-जीपी प्रणाली पुनः सञ्चालनमा

काठमाडौँ । सरकारले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई-जीपी) सुधार गरी पुनः सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जोखिमका कारण गत भदौ ११ गतेदेखि ई-जीपी प्रणाली बन्द गरेको थियो । कानुनी...

भन्सार छुटको सिफारिस आब अनलाइनबाटै

काठमाडौं । निर्माणाधीन तारे होटल तथा रिसोर्टले भन्सार महसुल छुटमा सामान आयात गर्न आवश्यक पर्ने सिफारिस अब अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ । पर्यटन विभागले नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत भन्सार महसुल छुट सिफारिस सेवा सञ्चालन गर्ने जनाएको हो । विभागका अनुसार यसअघि निर्माणाधीन तारे होटल तथा रिसोर्टको स्वीकृत योजनाअनुसार भन्सार छुटमा सामान पैठारी गर्न योजना स्वीकृति र सम्बन्धित भन्सार...

एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड मिलर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। ३७ वर्षीय मिलरले प्रतियोगितामा कर्णाली याक्सबाट खेल्नेछन्। कर्णाली याक्सले यस सिजनका लागि मिलरलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो । मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने र अन्तिम ओभरमा तीव्र गतिमा रन बनाउन सक्ने क्षमताका कारण उनी टोलीका महत्त्वपूर्ण खेलाडी मानिएका छन् ।...

सत्ताले कांग्रेसको आन्तरिक विषयमा आँखा लगाउन आवश्यक छैन- देवराज चालिसे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्न सत्तारूढ पक्षलाई चेतावनी दिएका छन् । कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ता पक्षको कुनै व्यक्ति वा शक्तिको आवश्यकता नरहेको बताउँदै उनले पार्टी आफ्नै विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन हुने बताएका छन् । चालिसेले कांग्रेसका प्रत्येक सांगठनिक गतिविधि पार्टीको विधानअनुसार हुने र विधान देशको...

सोलुखुम्बु हेलिकप्टर दुर्घटना: दुवै पाइलट सुरक्षित, मृत्यु हुने भारतीय नागरिक

काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकप्टरका पाइलट सुरक्षित रहेका छन् ।  मंगलबार, बिहान सोलुखुम्बुको सगरमाथा बेसक्याप्स नजिकै फेरिचे हेलिप्याडमा अवतरणकाक्रममा एयर डाइनेस्टीको हेलिकप्टर र फिष्टेल एयरको हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएका थिए । प्रहरीका अनुसार दुवै पाइलट सुरक्षित रहेका छन् । एयर डाइनेस्टीको ९ एन- एओडी कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल...

काठमाडौँमा प्लास्टिकजन्य मालामा प्रतिबन्ध, फूल तथा माला बिक्रीका लागि तोकियो स्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार तथा दीपावलीलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि महानगरभित्र ३३ स्थान तोकेको छ । महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीमा रोक लगाएको छ। स्वदेशी किसानले उत्पादन गरेका फूल तथा माला बिक्री वितरणलाई प्राथमिकता दिन महानगरले व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । महानगरपालिकाका अनुसार...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।