एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड मिलर

ए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। ३७ वर्षीय मिलरले प्रतियोगितामा कर्णाली याक्सबाट खेल्नेछन्।

कर्णाली याक्सले यस सिजनका लागि मिलरलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो । मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने र अन्तिम ओभरमा तीव्र गतिमा रन बनाउन सक्ने क्षमताका कारण उनी टोलीका महत्त्वपूर्ण खेलाडी मानिएका छन् ।

मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज प्रतियोगितासमेत खेलेका छन् । इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सलाई सन् २०२२ मा उपाधि जिताउन उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

कर्णाली याक्सले यसअघि पनि साहिबजादा फरहान, हुसेन तलत र मार्क वाटलगायतका विदेशी खेलाडीलाई टोलीमा समेटेको छ ।

जारी प्रतियोगितामा कर्णालीले ३ खेलमा २ जित र एक हारसहित ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।