काठमाडौँ । काठमाडौँमा अवैध रूपमा लुकाएर राखिएको ठूलो परिमाणको पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ २२ गते साँझ काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका लुकाएर बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले जाँच गरेको थियो।
जाँचका क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भई भुरुङखेल बस्दै आएका ३६ वर्षीय सुजन कपालीको कोठाबाट विभिन्न नामका पटाका तथा झिरझिरे बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा किङ कोब्रा ३ हजार १६६ प्याकेट, सिवाकासी १ हजार ५१२ पिस, चक्कर बिग ९६३ पिस, इन्डिगो चक्कर ८६० पिस, फ्लावर पट स्पेसल ८०० पिस, लियोपार्ड किङ ७०० पिस, सुप्रिम क्विन डिक्स ६३४ पिस, ट्राइटन इलेक्ट्रोनिक ५२५ पिस, रकेट बम ४९० पिस, लियोपार्ड किङ ४८० पिस लगायतका विभिन्न प्रकारका पटाका रहेका छन् ।
त्यस्तै, रङ्गीन झिरझिरे ९८ प्याकेट, ग्राउन्ड चक्कर ९३ प्याकेट, सुप्रिम मल्टी मिक्स १५ पिस, स्काई ह्विसल १० प्याकेट, पेन्सिल ६ प्याकेट, रेड स्पार्कलर्स ६ प्याकेट, रोल क्याप्स ५ प्याकेट, कारेन्स ३० मल्टी कलर शट ४ प्याकेट, स्पिनर बिग १० प्याकेट, गुन गुन २० प्याकेटमा १ हजार पिस लगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोल्डेन स्ट्रबेरी, सुपर हिरो, फेरारी, सफारी, मरज्जो, गुरुजी कलर, क्र्याक ज्याक, डान्डिया नाइट, मौरीछाप जयमाला, पार्टी नाइट, हाउसफुल, किटक्याट, सुपर हिट, जेली बिन, स्काई हाइ, इलेक्ट्रिक, रेन्जिला, डिल डिल, जिल जिल, बहुबली, डिलक्स बुलेट, ब्रिजा, एर्टिगा, सुलती बमलगायतका पटाका पनि बरामद भएका छन् ।
पक्राउ परेका कपालीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

