२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, लुम्बिनी, कर्णाली  र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने कोशीमा ३८ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा १० जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, कर्णालीमा ५ जना र गण्डकीमा १ जना घाइते भएका छन् । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।