बजेटमा बालबालिकालाई प्राथमिकता दिन पहल गरिने

गर्नुभयो । सञ्जालका अनुसार सो पोषण भत्ता ४५ जिल्लामा मात्रै पुगेको छ । प्रतिनिधिसभा सदस्य विष्णुमाया विश्वकर्माले समग्रमा सबै बालबालिकालाई पोषणा पत्ता वितरण गर्नेभन्दा पनि आवश्यकताका आधारमा अहिलेको रकमलाई बढाएर गरिब, दलित र पिछडिएको समुदायलाई दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल जनसाङ्ख्यिकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार अझै पनि २५ प्रतिशत बालबालिकामा पुड्कोपन र १९ प्रतिशत कम तौल भएका छन् । त्यसैगरी, ४३ प्रतिशत बालबालिका रक्त अल्पताको समस्यामा परेका छन् ।

राष्ट्रियसभा सदस्य भुवन सुनारले बालबालिकाको पोषण भत्ता र विद्यालय जाने विद्यार्थीको दिवा खाजालगायत उनीहरुको समग्र समस्याका बारेमा स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सरकारले बाल पोषण भत्ता, एकल महिला भत्ता, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, जनता आवास, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोषलगायत ८७ भन्दा बढी शीर्षकमा समाजिक सुरक्षा भत्ता दिइरहेको छ भने सामाजिक सुरक्षा भत्ताबाट ३६ लाख ६९ हजार जनाले सुविधा पाइरहेका छन् ।

सरकारले आर्थिक वर्ष २०६६÷६७ देखि कर्णालीका पाँच जिल्लाबाट सुरु गरेको बाल पोषण भत्ता हाल हुम्ला, जुम्ला, डोल्पा, कालीकोटलगायत हिमाली र पहाडी गरी ४५ जिल्लामा पूर्ण रूपमा तथा देशभर दलित बालबालिकालाई मात्र रु ५३२ प्रदान गर्दै आएको छ । सञ्जालका अध्यक्ष गोपाल थापा मगरले बालबालिकाको संवैधानिक अधिकारलाई व्यावहारिक कार्यान्वयन गर्न सरकारले आवश्यकताका आधारमा सबै बालबालिकालाई भत्ता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधीसभा सदस्य परशुराम तामाङले सरकारले बालबालिकालाई पोषण भत्ताको आवश्यकता नै नपर्ने योजना ल्याउनुपर्ने बताउनुभयो ।

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।