काठमाडौँ । नेपाली बाजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सयले बढेर दुई लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार सुन तोलाको दुई लाख ८१ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ३९७० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि सोमबार चाँदी तोलाको ३९९५ मा कारोबार भएको थियो ।

