तीन महिनामा मात्रै सुर्खेत प्रहरीद्वारा १६४ जना पक्राउ

सुर्खेत, ९ भदौ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो समयमा आपराधिक गतिविधि बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०८३ जेठ ८ गतेदेखि भदौ ८ गतेसम्ममात्रै १६४ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार जेठ ८ गतेदेखि असार मसान्तसम्म जिल्ला प्रहरी कार्यालयले १४७ ओटा मुद्धा दर्ता गरेको थियो । ती मध्ये उक्त आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्म ७४ ओटा फछ्र्योट भए भने ७३ ओटा मुद्दा पछ्र्योट हुन बाँकी रहेका थिए । यी मुद्दाबाट प्रहरीले १०८ जनालाई पक्राउ गरेको हो भने ५३ जना फरार रहेको पहरीले सार्वजनिक गरेकोप्रतिवेदनमा उल्लेख छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।