रामकुमारी झाँक्रीको प्रश्न- अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी मा चलिरहेको पुनर्गठनको बहसमा प्रश्न उठाएकी छन् ।

झाँक्रीले एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पार्टी पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेकी हुन् ।

उनले जेन-जी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्दै उनले प्रश्न गरेकी छन् ।

झाँक्रीले पुनर्गठन हुदा नेतृत्व परिवर्तनसँगै संरचना, कार्यशैली र शक्ति सम्बन्धमा समेत परिवर्तन आवश्यक हुने संकेत गरेकी छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।