महाधिवेसन रोकको माग गर्दै देउवा र खडका समुह सर्वोच्चमा

काठमाडौं, ६ भदौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५औँ महाविधेशको प्रक्रिया रोक्न माग गर्दै नेपाली कांग्रेसका निवर्तनमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । 

पार्टीको आधिकारिकताका बारेमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेपछि देउवा र खडका समुह समूह सर्वोच्च पुगेको हो ।

रिट दर्ताका लागि देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमार सर्वोच्च पुगेका जनाइएको छ । नेपाली कांग्रेसको इतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगिसकेको जानकारी दिए ।


संस्थापन पक्षले २४ भदौ २४ बाट वडा अधिवेशन सुरु गरी १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । 


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।