रास्वपा केन्द्रीय समिति बैठक सुरू

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएकाे छ।

बनस्थली, काठमाडौं घन्टीघरमा सो केन्द्रिय समितिको बैठक सुरू भएकाे हाे  ।

पार्टीका रिक्त रहेका र थप गर्नुपर्ने विभिन्न साङ्गठनिक पदहरूमा मनोनयन गर्ने, केन्द्रीय समिति सदस्य र पदाधिकारीहरूको मनोनयन, सचिवालय सदस्यहरूको मनोनयन, विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिको गठन र सदस्य मनोनयन लगायत छलफलको अजेन्डामा राखिएको छ ।

आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्रमा राखिएकाे बैठकका कार्यसूचीमा उल्लेख गरिएको छ। जसअनुसार आगामी ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गरिनेछ भने भने ‘राइट टु रिकल’ अर्थात जनप्रतिनिधि फिर्ता बोलाउन पाउने अधिकार सम्बन्धी दस्तावेज निर्माण गर्ने बिषय पनि छलफलमा रहनेछ । 

साथै, पार्टीको आधिकारिक धारणा र गतिविधिहरू सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि हुने महासचिव बीपीन आचार्यले जानकारी दिए ।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।