पाल्पा । सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो जादा अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु भएको छ ।
माथिबाट खसेको पहिरो हटाएपछि सडक सुचारु भएको प्रहरीले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग बुधबार बिहानै देखि पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

