बर्दियाबाट बाघ नियन्त्रणमा

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ । 

बर्दिया निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र सुरक्षाका लागि तैनाथ नेपाली सेनाले बाघलाई नियन्त्रणमा लिएका हुन् ।

एक महिनायता गाउँबस्तीमा पसेर गोठैबाट गाई, गोरु, बाख्रा खाने गरेपछि स्थानीय आतंकित भएका थिए । यस क्षेत्रबाट विगत दुई वर्षयता तीनवटा बाघलाई नियन्त्रणमा लिइसकेको छ  

तीमध्ये निकुञ्जको रम्मापुरमा तीन र ठाकुरद्वारा स्थित खोरमा २ वटा बाघ रहेका छन् । करिब सात महिनाअघि प्राकृतिक कारणले रम्मापुरमा एउटा बाघको मृत्यु भएको थियो । पछिल्लो गणनाअनुसार बर्दियामा बाघको संख्या ११२ रहेको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।