बक्स अफिसमा गौथलीको शानदार प्रदर्शन जारी, अन्य ले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन ३१ गते आइतबारसम्मको चलचित्र गौथली, हली र कमला मिसको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । 

जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २३ करोड ५५ लाख १२ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ८ लाख ५५ हजार ७५२ टिकट बिक्री गरेको छ ।

त्यस्तै साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २१ लाख ७७ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ७ हजार ७१० टिकट विक्री गरेको छ ।

त्यसैगरी साउन २२ गतेदेखि नै रिलिज भएको नीर शाहद्वारा निर्देशित कमला मिसले २ लाख ६१ हजार ८४५ कमाई गरेको छ भने ७१८ टिकट बिक्रि भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।