खाना पकाउन नपाएको भन्दै हर्क साम्पाङको प्रश्न, ‘ग्याँस दिने कि राजिनामा, प्रिय बालेन ?’

काठमाडौं, ३१ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ग्याँस नहुदाँ खान नपाएको बताएका छन् ।

नेपाली बजारमा खान पकाउने ग्याँस नहुदाँ समस्या परिरहेको बेला सांसदसमेत रहेका साम्पाङले खाना खान नै समस्या भएको बताएका हुन । 

‘ग्याँस छैन, भात खाइँन, मेरो पाप् लाग्छ तिम्लाई’ साम्पाङले आफ्नो पीडा पोख्दै भनेका छन, ‘ग्याँस दिने कि राजिनामा, प्रिय बालेन ?’

बालेन्द्र शाह नेतृत्वको सरकारले ग्याँस उपलब्ध गराउन नसक्दा यतिखेर बजारमा खाना पकाउने ग्याँसको अभाव भएको छ । जसका कारण लाखौं जनता अप्ठयारोमा परेका छन ।  
 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।