काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्सले तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म अर्थात अक्टोबर १ देखि १० सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने जानकारी दिएको हो ।
नेपाल भलिबल संघबाट स्वीकृति पाएसँगै लिगको तेस्रो संस्करणका लागि आवश्यक तयारी औपचारिक रूपमा अघि बढाएको इन्फिनिटी ड्रिम्सले जनाएको छ । तेस्रो संस्करणमा कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज, पोखरा निन्जा र सुदूरपश्चिम रोयल वारियर्सले प्रतिस्पर्धा गर्ने छन् । सुदूरपश्चिम रोयलले तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइजको रुपमा सहभागिता जनाउने आयोजकले घोषणा गरेका छन् ।
यस अघि २०२४ र २०२५ मा भएको पहिलो र दोस्रो दुवै संस्करण कर्णाली यशविसले जितेको थियो र दुवै संस्करणमा ललितपुर क्विन्स उपविजेता बनेको थियो ।

