रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ का फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
पछिल्लो पटक थप एक जनाको शव फेला परेसँगै पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको हो ।
सुनछहरी गाउँपालिका–२ मङरारुकी करिब ६४ वर्षीया लामी घर्ती पहिरोमा परी बेपत्ता भएकी थिइन् । उनको खोजी गर्ने क्रममा शुक्रबार दिउँसो २: ३० बजे भान्साघरमा पहिरोले पुरिएको अवस्थामा शव फेला परेको हो ।
लामी घर्तीको शव फेला परेसँगै फलबाङ र मङरारुमा पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको छ । उक्त घटनामा हालसम्म चार जनाको मृत्यु भएको छ ।

