भारतीय केन्द्रीय मन्त्री नड्डा अस्वस्थ्य, अस्पताल भर्ना

काठमाडौँ । भारतका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डालाई अस्वस्थ भएपछि नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ।

नड्डाले असहज महसुस गरेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । विशेषज्ञ चिकित्सकको टोलीले परीक्षणका क्रममा मुटुसम्बन्धी समस्या देखिएको एम्सले जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको एन्जियोग्राफी गरिएको र अहिले अवस्था स्थिर रहेको बताइएको छ ।

नड्डालाई अस्पतालको मुटुरोग उपचार विभागमा विशेष निगरानीमा राखिएको छ । चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी गरिरहेको छ भने महत्वपूर्ण शारीरिक अवस्थाको नियमित जाँच भइरहेको छ ।

अस्पतालमा चौबीसै घण्टा चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको उल्लेख छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।