काभ्रेमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ चारदोबाटो चोकनजिक बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् ।

शुक्रबार बिहान बा.३ ख २०१४ नम्बरको बसले बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटरमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । स्कुटर चालक सामान्य घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले बस चालक तथा दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।