संस्थापन इतर पक्षको भेलामा उपस्थित भए डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा उपास्थित भएका छन् ।

सुकेधाराको मिराकल पार्टी भेन्युमा शुरु भएको भेलामा डा. कोइराला उपस्थित भएका हुन् । भेलाको आज पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् भने भोली र पर्सी बन्दसत्र हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन् । 

भेलाको बन्दसत्रमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने छन् भने पूर्वप्रवक्ता प्रकाशरण महतले आर्थिक नीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ । त्यस्तै पूर्वसहमहामन्त्री उमाकान्त चौधरीले संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसैगरी मुलकको समसामयिक विषयसँग सम्बन्धित प्रस्ताव नेता एनपी साउद, विधान संशोधनसँग सम्बन्धित प्रस्ताव नेता रमेश लेखक र प्रचार प्रसारसँग सम्बन्धित प्रस्ताव मीन विश्वकर्माले प्रस्तुत गर्ने बताइएको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।