पार्टीको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्नेछ- विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गगन थापाको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका छन् ।

बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले देउवाको अभिमतलाई राष्ट्रिय भेलामा पनि प्राथमिकताका साथ उठाउनुपर्ने बताउदै गगन थापाको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका हुन् ।

निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश फर्किने क्रममा दिएको ‘परिवर्तन आत्मसात् गर्ने र युवालाई अघि बढाउने’ अभिव्यक्तिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गर्न आग्रह गरेका छन् । बिहीबार स्वदेश फर्किएका देउवाले लिखित अपिल जारी गर्दै परिवर्तन आत्मसात् गर्ने र युवालाई अघि बढाउने बताएका थिए । 

शर्माले कांग्रेसले अहिले परिवर्तन र युवा नेतृत्व दुवैलाई आत्मसात् गर्नुपर्ने बताउदै गगन थापा कांग्रेस सभापति बनेको अवस्थालाई पनि स्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।

संस्थापनइतर पक्षले आजदेखि साउन ३१ गतेसम्म काठमाडौँको सुकेधारामा राष्ट्रिय भेला आयोजना गरिरहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।