अर्जुनरसिंह केसीको टिप्पणी- प्रधानमन्त्रीको एक्लै हिड्ने लहड हो की एक्लै पर्नु भएको हो !

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्री एक्लै हिड्ने लहड हो की एक्लै परेको हो भन्ने टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता केसीले देश र जनताको हितमा सिंगो संसद तपाइँको साथमा रहेको बताउदै संसदलाई उपेक्षा गरेर नहिड्न सुझाव दिएका छन् ।  

उनले भने- ‘प्रधानमन्त्रीको एक्लै हिड्ने लहड हो की एक्लै पर्नु भएको हो । देश र जनताको हितमा सिंगो संसद तपाइँको साथमा छ,  तर संसदप्रति उपेक्षा गरेर होइन आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संबैधानिक कर्तव्य पालना गर्नुस् ।’

सांसद केसीले संबैधानिक संस्थाहरु कार्यपालिकाका लाचार छाया बनेको, राम्रा प्रयासमा पनि हचुवा विधि विहिन प्रक्रिया देखिएको र लोकतन्त्रमा परिणाम मात्र होइन प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच सरकारमा नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

केसीले सरकारलाई सत्तामा आएको सय दिनमै एक लाख युवा फर्काउने प्रतिबद्धता खोइ भन्ने प्रश्न गर्दै किसानहरु मलको हाहाकारमा रहेको भान्सामा ग्यास नभएको जनता महंगीको मारमा रहेको, विजुलीको टुंगो नरहेको, राहदानीको लागि उस्तै ताती, सुकुम्बासीको बिचल्ली छ, बेरोजगारी बढ्दै गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।