खुस्बु ओलीको प्रश्न- मन्त्रीको काम व्यक्तिलाई फोन गरेर ग्यास बाड्ने हो ?

काठमाडौँ । राप्रपाकी सांसद खुस्बु ओलीले उद्योगमन्त्री गौरी कुमारीले आफ्नो आलोचना गर्नेहरुलाई फोन गरेर ग्यास वितरण गरिरहेको भन्दै प्रधानमन्त्रीले स्पष्टीकरण सोध्न माग गरेकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले जनता तातो घाममा ग्यासको लाइनमा बसेको मन्त्रीले नदेखेको भन्दै दुई चार जनालाई ग्यास बाडेर हिडेको आरोप लगाएकी छन् ।

उनले भनेकी छन्- ‘उहाँले जनता तातो घाममा ग्यासको लाइनमा बसेको देख्नु भएको छैन । मन्त्रीको काम व्यक्ति व्यक्तिलाई ग्यास बाडेर हिड्ने हो ? कति जनालाई फोन गर्न सक्नुहुन्छ ? उहाँको जिम्मेवारी प्रणालीलाई काम गराउने हो । उहाँले व्यक्तिगत तवरबाट दया गरे जस्तो ग्यास बाडेर हिड्नु भएको छ । राज्यको दया होइन हामीले व्यवस्थापन खोजेका हौँ । राज्य प्रणालीको यसरी क्षयीकरणको गर्न मिल्दैन ।’

सांसद ओलीले प्रधानमन्त्रीले यस घटनामा मन्त्री गौरी कुमारीसँग स्पष्टीकरण लिन र समस्या समाधान गर्न माग गरेकी छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।