प्रधानमन्त्रीकै कारण देशमा समस्या भयो, समन्यव गर्न सक्नुभएन- हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेका सबै समस्या प्रधानमान्त्री बालेन्द्र शाहका कारण भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले ग्यासको समस्यादेखि हरेक स्थानमा लाइन र असन्तुष्टि बढ्नुमा प्रधानमन्त्रीले समन्यव गर्न नसकेको बताएका हुन् ।

उनले सरकार कमजोर भएका कारण देशमा बेथिति बढेको भन्दै गलत गर्नेलाई कारवाही गर्न के ले रोकेको छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

उनले सुकुम्बासीलाई लालपुर्जा दिन स्थानीय तहले रोकेको आरोप मन्त्रीले लगाएको भन्दै उनले केन्द्रको मन्त्रीले पहलकदमी लिनुपर्ने बताए । साम्पाङले टालटुले काम गरेर नहुने भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । उनले प्रधानमन्त्री संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउन माग गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।