प्रधानमन्त्री र सुदुरपश्चिमका सांसदहरू बिच बार्ता जारी

काठमाडौं, १९ साउन। प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिम प्रदेशका सांसदहरू बिचको छलफल जारी रहेको छ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः०० बजे सुरु छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीकी प्रेस बिज्ञ दीपा दाहालले जानकारी दिएकी छिन् ।

प्रधानमन्त्री शाहसँगको छलफल र भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाललगायत सांसदको उपस्थिति रहेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।