सप्तरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजबिराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी श्यमकृष्ण थापाले जानकारी दिएका छन् ।

कर्फ्यु हटाएर प्रशासनले पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

राजबिराज नगरपालिकाको पूर्वमा खाडो खोलासम्म, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलहीसम्म, उत्तरमा रुपनी रोडको बसविट्टीसम्म र दक्षिणमा कोसी पश्चिम मूल नहरसम्म (विष्णुपुर गाउँपालिका) निषेधाज्ञा जारी गरिएको छ ।

त्यस्तै, बोदेबरसाइन नगरपालिकाको पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।