सिक्री लुटपाट गरी फरार तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ ।

साउन १६ गते राति १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरी माथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो ।

घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।