तत्कालिन सञ्चारमन्त्री शर्माका सञ्चारबिज्ञ भण्डारी पक्राउ

काठमाडौं, १५ साउन । टेलिकम कम्पनि स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज पुर्व अध्यक्ष भण्डारीलाई ललितपुरवाट पक्राउ गरेको हो । 

तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका विज्ञको रूपमा रहेका भण्डारी टेरामक्स प्रकरणमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि उक्त पदमा पुगेका थिए ।

सिआइबीका अनुसार भण्डारीलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेका हो। स्मार्ट सेलको सम्पत्ति बिक्री गर्ने क्रममा उनले पनि मिलोमतो गरी राज्यलाई करोडौंका हानी नोक्सानी पुर्‍याएको आरोप छ।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।