नेकपाको केन्द्रिय संयोजन समितिको बैठक बस्दैँ

काठमाडौं, १५ साउन। नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्दैँछ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे बस्दैँछ ।


बैठकमा तराई–मधेसमा भएका घटना, राजनीतिक घटनाक्रम, प्रदेश सरकार गठनलगायतको विषयमा छलफल हुने तथा प्रदेश सरकार गठनमा नेकपा एमालेसँग सत्ता समीकरण गर्ने तीन बुँदे सहमति पछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।