काठमाडौं, १५ साउन । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली कांग्रेसका सभापति गगन थापाले लिएको पहलकदमीले तिब्रता पाएको छ ।
सामाजिक सञ्जालवाट सामाजिक र धार्मिक सदभावका लागि आब्हान गरेका सभापति थापाले आज पनि पार्टीका पदाधिकारी तथा नेताहरूसँग सामुहिक छलफल गरेका छन्।
छलफलमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेश प्रदेशका प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला कार्यसमिति तथा पालिका तहका नेतृत्वको सहभागिता रहेको थापाको सचिवालयले जनाएको छ।
छलफलका क्रममा मधेशको पछिल्लो सुरक्षा अवस्था, हिंसात्मक घटनाको प्रभाव, स्थानीय जनजीवन तथा शान्ति सुरक्षा कायम गर्ने बिषयमा थापाले पदाधिकारी देखी स्थानिय नेताहरूसँग छलफल गरेका हुन्।

