काठमाडौं । आइसीसी विश्वकप लिग २ को जारी सिरिजमा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको हो ।
यस सिरिजमा नेपालले लगातार तीन खेल हारेर खराब प्रदर्शन गरेको छ । त्यस्तै नेदरल्याण्डसले भने यस सिरिजका आफ्ना दुवै खेल जितेको छ ।
नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले ४ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ ।
विश्वकप लिग-२ मा नेदरल्याण्डसको ३० खेलमा ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालको ३१ खेलमा २४ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।

