काठमाडौँ, साउन ५ – यस वर्षको साउने सोमवार पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहने भक्तजनका लागि एउटा सुखद खबर आएको छ। अब पशुपति क्षेत्रसम्म पुग्न निःशुल्क सार्वजनिक बस सेवा उपलब्ध हुनेछ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार, गीता प्रेस नेपाल र यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घको सहकार्यमा यो निःशुल्क सेवा सुरु गरिँदैछ।
👉 सेवा विवरण:
- बस संख्या: ४ वटा (२ गीता प्रेसबाट, २ महासङ्घबाट)
- सेवा समय: बिहान ४:०० बजेदेखि सुरु
- रुट: चक्रपथ भरि चल्नेछ
यो व्यवस्था पहिलोपटक लागू गरिँदैछ जसले भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा मन्दिरसम्म पुर्याउनेछ।
🛕 पशुपति दर्शन सम्बन्धी अन्य विशेष व्यवस्था:
- मन्दिरका चारै ढोका साउन ५ गते सोमबार बिहान ३:०० बजेदेखि खुला हुने
- नेपाली सेनाको कल्याणकारी कोषद्वारा घामपानीबाट जोगिन त्रिपालको व्यवस्था
- निःशुल्क स्वास्थ्य शिविर, शुद्ध पानी र प्रसाद वितरणको व्यवस्था
कोषले भीड व्यवस्थापनमा विशेष ध्यान दिनेछ ।
