मशान जाग्ने बेला स्टाटसमा देखिनेहरू सर्बदलीय बैठकमा नजानु दुःखद होइन्ः गोकुल बाँस्कोटा

काठमाडौं, १३ साउन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह र गृह मन्त्री सुदन गुरूङ सर्बदलीय बैठकमा उपस्थित नभएको प्रति कटाक्ष हानेका छन् ।

सुनसरीलगायतका घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङ बैठकमा नगए पछि उनको कटाक्ष आएकोहो ।

‘प्रम र गृहमन्त्री सर्वदलीय बैठकमा नजानु उनको राजनीतिक मान्यता, स्वभाव र उदयका आधारका दृष्टिले  दुखद विषय नै हैन्, ती त मशान जाग्ने बेला बिउँझन्छन अनि स्टाटसमा साक्षात्कार हुन्छन,’ उनको कटाक्षमा उल्लेख छ, ‘र, अर्को होटल र नाकामा छापा मार्दा धम्काउदै गर्जेको देखिन्छ। दुःखको कुरा सभापति आफ्नै सत्ता निरिह बन्नु हो।’

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।