नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १३.९५  अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मा कारोबार भएको थियो । आज फाइनान्स र उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने बुन्गल हाइड्रोको शेयर १०.५० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनसीसी डिभेन्चर २०८६ को शेयर ७.१६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ४२ करोड ३० लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड १० लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।