आईसीसी विश्वकप लिग- २ मा आज नेपाल र नामिबिया खेल्दै

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत  नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको सिरिज आजदेखि शुरु हुदैछ ।

सिरिजको पहिलो खेलमा आज नेपाल र नामिविया खेल्ने तालिका छन् । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदैछ ।

नेपाल र नामिबियाबीच अहिलेसम्म ८ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ५ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । त्यस्तै एक खेल नतिजा बिहिन सकिएको छ ।

पछिल्लो पटक दुवै देशबीच २०२४ फेब्रुअरीमा खेल भएको थियो र सो खेल नामिबियाले २ विकेटले जितेको थियो ।

यस सिरिज खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टिम नेदरल्याण्डस पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

लिग-२ यो सिरिज आजदेखि ३१ जुलाईसम्म हुने छ । यस सिरिज अन्तर्गत आज नेपाल र नामिबिया खेल्दैछन् भने जुलाई २३ मा नेपाल र नेदरल्याण्डस खेल्दैछन् । त्यस्तै जुलाई २५ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने छ भने जुलाई २७ मा नेपाल र नामिबिया,  जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।

लिग-२ को अहिलेसम्मको अंक तालिकामा नेदरल्याण्डस २८ खेलमा ३२ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २८ खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ । त्यस्तै नामिबिया २८ खेलमा २२ अंकसहित सातौं स्थानमा रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।